सोमबार गोलभेडाको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज गोलभेडाको मूल्य बढेको छ ।

आज नेपाली ठुलो गोलभेडा ३० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १६ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४५, तने बोडी ७०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १२०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, भिण्डी ३०, पिंडालू ९०, स्कुस ५०, रायो साग ३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, हरियो प्याज ११०, कन्य च्याउ १४०, डल्ले च्याउ २५०, कुरिलो २००, न्युरो ६५, चुकन्दर ५०, सजीवन १२०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ६०, हरियो धनिया २००, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, तरबुजा (हरियो) ४०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ३०, भारतीय मेवा ८०, लिच्ची (लोकल) ८०, लिच्ची भारतीय २२० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्