मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राकसिराङ गाउँपालिका २ थुम्कीमा चट्याङ लागेर ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै, चट्याङ लागेर घाइते भएका प्रजाको हेटौँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीको भनाइ छ । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।

यस घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राकसिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्