मंगलबार १८.७६ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ५७ लाखमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार बरुण हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७ सय ८२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्