कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु, ६ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । त्यसैगरी चौधरीको भने खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यता घाइते हुनेमा जानकी गाउँपालिका ४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका-६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनी वर्ष ९ की सरस्वती भुल, सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्