बुधबार ११.६० अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ८० लाखमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८ सय ३० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त  कम्पनीको सेयर मुल्य ९.५५ प्रतिशतले बढेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्