मंगलबार सेयर बजारमा हरियाली, ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५ सय ६९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्