१५.४६ अंकले बढ्यो बिहीबार नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाखमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको ३० करोड ९ लाख ४ हजार ६ सय ९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा अन्खु खोला जल विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्