२ सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्