अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३४ घाईते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु भएको छ । मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खस्दा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको पुष्टि प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले जनाएका छन् ।

खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् ।

उनीहरुका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्