आइतबार काउलीको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मुल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज काउलीको मूल्य दुई सय रुपैयाँले बढेको हो ।

आज नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १००, मकै बोडी ११०, घिउ सिमी लोकल १३०, घिउ सिमी राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ९०, झिगुनी ८०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १००, पिंडालू ९०, स्कुस ९० रुपैयाँ, रायो साग १८० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, कुरिलो ३००, न्युरो १२०, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ५००, सेलेरी २००,पार्सले ७०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार पुदिना ७००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २२०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ११०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १६० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ११०, आँप (दसहरी) ११०, मौसम १७०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्