१०० रुपैयाँले घट्यो सोमबार पुदिनाको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज पुदिनाको मूल्य १०० रुपैयाँले घटेको हो ।

आज नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १६ रुपैयाँ, सानो गोलभेडा (टनेल) २२ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी १३०, घिउ सिमी लोकल १२०, घिउ सिमी राजमा १३०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ८०, झिगुनी ८०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ६०, पिंडालू १००, स्कुस ८० रुपैयाँ, रायो साग १०० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो ९०, ब्रोकाउली ११०, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४५०, सेलेरी २५०, पार्सले ६०० रुपैयाँ, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, आँप (मालदह) ९०, आँप (दसहरी) ९०, मौसम १७०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, भारतीय मेवा ९०, किवि ५०० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्