१०० रुपैयाँले बढ्यो पार्सलेको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज पार्सलेको मूल्य बढेको हो ।

आज नेपाली ठुलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २९ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ, भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी १३०, घिउ सिमी लोकल १००, घिउ सिमी राजमा १३०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, झिगुनी ७०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) १००, भिण्डी ५५, पिंडालू ९०, स्कुस ८० रुपैयाँ, रायो साग १०० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ २००, डल्ले च्याउ ३४०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १२०, चुकन्दर ७०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २५०,पार्सले ६००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १८०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २४०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्