बुधबार सेयर बजारमा करेक्सन, १६ अर्ब २० करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्