बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ३२ अंकले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ ७० पैसाबराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा उपकर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्