काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: