महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महाकाली नदीमा दार्चुलाकी एक किशोरी हाम फालेर बेपत्ता भएकी छन् । साउन १२ गते साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा फालेर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार उनी नदीको डिलबाट हामफालेकी हुन् । हाल उनको खोजीकार्य भइरहेको छ ।

दार्चुला प्रहरी प्रवक्ता सिंहका अनुसार नदीमा हाम फाल्नुको कारण भने हाल खुल्न सकेको छैन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्