काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: