चार सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य, चाँदीको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार सय रुपैयाँले बढेर एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्