बिहीबार सेयर बजारमा करेक्सन, २१ अर्ब ७१ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । करोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५.२९ अङ्कले घटेर २७५५.६२ बिन्दु्मा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

योसँगै आज ५ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्