आइतबार ३४.४७ अंकले घट्यो नेप्से, २८ अर्ब ८३ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार  नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३६ बिन्दुमा पुगेको हो ।

आइतबार  नेप्सेमा ३ सय ३० कम्पनी ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८२ करोड १४ लाख ८१ हजार १ सय ३५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको बजारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्