काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १७७ रुपैयाँ १३ पैसा र बिक्री दर १७७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: