आइतबार १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्