सरकारले आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। सरकारले आज आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् ।

सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्