राष्ट्रपतिलाई भेट्न प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन माओवादी अध्यक्ष दाहालसहित विपक्षी दलका नेताहरू शीतल निवास पुगेका हुन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् । यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका तथा विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्