एलन मस्कले मतदातालाई १० लाख डलर दिने निर्णयविरुद्ध मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावलाई लक्षित गरी मतदाताहरुलाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर भएको छ ।

फिलाडेल्फियाका मुख्य अभियोजकले मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समिति पीएसीविरुद्ध मुद्दा दायर गरेका हुन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको समितिविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

यसअघि गएको हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पीएसीलाई एक पत्र पठाउँदै १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी पनि दिएको थियो । यो कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई पैसा दिन प्रतिबन्ध लगाउँछ ।

मस्कले रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गएको जुलाईदेखि मतदाताको थप समर्थन जुटाउन आफ्नो लाखौँ डलर र समय खर्चिएक छन् । एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्