प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे कार्ययोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो १५ पेज लामो कार्य योजना पेस गरेका हुन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा अवधारणा र कार्ययोजना पेश गर्दै उनले सुशासन विपरीतका गतिविधिमाथि निगरानी गर्ने न्यायिक नेतृत्वको कार्ययोजनामा आफूले सहयोग गर्ने भनी कार्ययोजना पेश गरेका हुन् ।

कार्ययोजनामा उनले संविधान र कानुनले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड दिने लगायतका प्रतिबद्धता जनाएका छन् । सर्वोच्च अदालतमा मुद्दाको कार्यबोझ बढ्दो रुपमा रहेको औल्याउँदै उनले जुनसुकै मुद्दा सर्वोच्च अदालतमा आउने परिपाटीलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्