भागेको छैन, पूर्णपाठ आएपछि आफैँ अदालत आउँछुः दीपक मनांगे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन्।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको निर्णय सदर गरेकाले फैसला कार्यान्वयनका लागि पूर्णपाठ तयार हुन आवश्यक पर्दैन । फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ गरेर सम्पर्कविहीन भएको’ जनाएको थियो ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्