कीर्तिपुरको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार ९आज० उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्