भारतको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गरेका छन्। भारतले ओडिसाको डा। एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो ।

भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले बताए । एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्