फेसबुकमा केटी फसाउने जुक्तिः सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाखभन्दा धेरै ठगी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाडौँको चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङले सामाजिक सञ्जालमा नक्कली खाता बनाई केटी साथीहरू बनाई आफू फ्रान्स–सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा ठगी गरेका थिए । उनले आफ्नो परिचय परिवर्तन गरी काठमाडौँ , चितवनका विभिन्न ठाउँमा भेटन बोलाई चेक तथा नगद गरी १६ लाख ८३ हजार ६ सय र विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा ई–सेवा वालेटमा १० लाख ९९ हजार ६ सय गरी २७ लाख ८३ हजार दुई सय रुपैयाँ ठगी गरेका थिए ।

ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गुरुङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्