दरबारमार्गमा सुरू भयो २५ तले अन्नपूर्ण स्क्वायरको निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको छ ।

सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए ।

२५ तलाको संरचनासहितको होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने छ । ३५० कोठा हुने हुने होटलमा ४० कोठा अपार्टमेन्ट हुन्छ भने होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्ने छ । होटेल निर्माणमा करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको आँकलन छ । होटेल २०८५ देखि सञ्चालन गर्ने तयारी रहेको गुरुङले जानकारी दिए ।

दरबारमार्गको ५ तारे होटल डेल’ अन्नपूर्णलाई भत्काएर नयाँ संरचना बनाउन लागिएको छ । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्क्वायर बनाएर नयाँ ब्राण्डिङ गर्दै भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकम भित्र्याइएको हो ।

 

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्