अस्ट्रेलियामा नाबालिगले सामाजिक सञ्जाल चलाउन नपाउने,उल्लंघन गरे २ करोड डलरसम्मको जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग निषेध गरेको छ । उक्त विधेयक बिहीबार पारित भएर कानुन बनेको हो ।

यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागु हुने अपेक्षा गरिएको छ । यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ । यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ ।

यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिवाना तिनुपर्ने गरी कानुन बनाइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्