काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले झापाका हरिचन्द्र फुयाँललाई पक्राउ गरेको हो ।
उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा उजुरी गरेका छन् ।