आचारसंहिता नाघ्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई स्पष्टीकरण सोधेको छ । मेयरकै स्वतन्त्र उम्मेदवार राजनमान महर्जनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उँमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धर र काठमाडौं–१६ कै अध्यक्षका लागि स्वतन्त्र उँमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्