निजामती कर्मचारीमा खस आर्यलाई पनि १० आरक्षण दिने प्रस्ताव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले निजामती कर्मचारीमा खस आर्यलाई १० आरक्षण दिने प्रस्ताव गरेको छ । प्रस्तावित विधेयक अनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याई उक्त प्रतिशतलाई शत प्रतिशत मानेर आरक्षण अन्तर्गतका समूहहरु भित्र मात्रै छुट्टा छुट्टै प्रतिस्पर्धा गराइनेछ ।

यसमा पनि ३३ प्रतिशतमा महिला/महिला बीच मात्रै प्रतिस्पर्धा हुन्छ । बाँकी ५० प्रतिशतमा महिला र पुरुष दुवै लड्न पाउने गरी आरक्षण छुट्याइएको छ ।

महिला र पुरुष दुवै प्रतिस्पर्धा गर्न पाउने ५० प्रतिशत आरक्षणमा भने विपन्न खस आर्यलाई आरक्षण छ ।

यसअन्र्तत विपन्न खस आर्य १० प्रतिशत आरक्षण छुट्याइएको हो । यसमा आदिवासीरजनजातीका लागि ३२।५ प्रतिशत, मधेशी १९ प्रतिशत, दलित १५ प्रतिशत, थारु ९ प्रतिशत, मुस्लिम पाँच प्रतिशत, पिछडिएको क्षेत्र पाँच प्रतिशत र अपांगता भएका व्यक्तिका लागि चार प्रतिशत आरक्षण छुट्याइएको छ ।

विपन्न खस आर्यअन्तर्गत हो वा होइन कसरी पुष्टि गर्ने भन्ने विषयमा विधेयक मौन छ । सांसदहरूले भने विपन्न खस आर्यको परिभाषा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्