ओलीले चीन भ्रमणमा सिन्को पनि भाँचेनन्,मैले गरेका कामलाई मान्यता मात्र दिलाएः प्रचण्ड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा गरेको समझदारी कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई ओलीले फोटोकपी गरेर प्रचार गरिरहेको उनले जिकिर गरे । ओलीले यो पटकको भ्रमणमा सिन्को पनि नभाँचेको प्रचण्डको भनाइ छ ।

‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ प्रचण्डले भने ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्