रवि लामिछानेमाथि सरकारले प्रतिशोधको व्यवहार नगरेको गृहमन्त्रीको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् ।

२ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।

आइतबार चितवनमा पत्रकारको जवाफमा लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको दाबी गरे । कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्