काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्तामा जान कम्युनिस्ट पार्टी एकपछि अर्को गठबन्धन र कुर्सीको दौडमा लागेको आरोप लगाएका छन् । १३२ औँ माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अब पुनर्गठनसहित माथि उठ्न आवश्यक भएको उनले बताए । भ्रष्टाचारको दलदलबाट कम्युनिस्ट पार्टीका प्रधानमन्त्री नै माथि उठ्न नसक्दा जनताले प्रश्न गरेको उनको भनाइ छ ।
साथै जनजीविकाका सवाललाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।