२०२४ लाई फर्केर हेर्दा, देशमा के के भयो…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आज देखि अंग्रेजी नया यस वर्ष अर्थात् २०२५ सुरु भएको छ , २०२४ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभवहरू छाडेर गएको छ ।

यो वर्ष देश भरि ठुला घटना हरुको सामना गर्नु पर्यो बाढी पहिरो ले धेरै स्थान हरु तहसनहस बनिदियो , काठमाडौँ उपत्यका साथै देश भरि नै ठुलो जन धन को क्ष्यति भयो ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिले सम्म बस भेटिएको छैन। भने श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै शौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन(एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।

जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परे भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि प्रहरीले पक्राउ गर्यो ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबंधन पछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिनु भयो भने नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो ।

यसै बर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्