काठमाडौँ । प्रहरीले तनहुँबाट बालिका बलात्कारको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ स्थित चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे छन् ।
उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले १३ वर्षीया बालिकालाई सोमबार राति बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।