तनहुँको २२० केभी सबस्टेसन सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०(१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी ९चार्ज० सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मस्र्याङ्दी–काठमाडौ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्