अडिट गर्ने समवाधिभर बिदामा नबस्न सबै कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्न सबै कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

बुधबार प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरू बिदामा बस्न नसकिने निर्देशन दिएका हुन् ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,’महानगरको आव २०८०र८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिवरलेखा प्रमुखरराजस्व हेर्ने कर्मचारीहरूले आव २०८०र८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ ।’

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्