काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ । “साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२५” बुधवारदेखि सुरू भएको हो । पाँच दिनसम्म चल्ने पुस्तक प्रदर्शनीमा दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनमा राखिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरू भएको हो ।
महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पुस १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी