रवि लामिछानेले ७५ लाख विदेशमा पठाएको भेटियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ गरेर अनुसन्धान जारी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले ७५ लाख १० हजार २ रुपैयाँ ६ पैसा रेमिट्यान्समार्फत विदेशमा भुक्तानी गरेका छन् । ।

२०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्