काठमाडौ । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत फेला परेकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले जानकारी दिए ।
मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।
मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिए ।