काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१० घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने २८ वर्षीय रोकशकुमार रावत, काभ्रेको रोशी गाउँपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दूधराज थिङ र दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई ललितपुरको महालक्ष्मी–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
रावतले मौरिसस पठाइदिने भन्दै एक जनाबाट ६ लाख ४५ हजार, थिङले क्यानडा पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र श्रेष्ठले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट सात लाख आठ हजार रुपैयाँ ठगी गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।