नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरी पोशाकको समेत दुरुपयोग गर्दै नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

उनीसँगै कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरी भने नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेका हुन् । थापाले क्यानडा, अस्ट्रेलियालगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोप छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्