काठमाडौँ । सोमबारबाटै लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो ।
तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुर बीचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा मुख्यतया तीन अवस्थामा भाडादर निर्धारण गरिएको छ ।
अहिले पनि यात्रुहरुले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नु पर्ने, घण्टौंसम्म कुर्नु पर्ने, उभिएर र झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।