ललितपुरमा अवैध कल सेन्टर सञ्चालन,दुई भारतीयसहित ५३ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ललितपुरबाट दुई भारतीयसहित ५३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिकमा मनिश कुमार झा र राहुल मेगोडा छन् । मनिश टिम लिडर हुन् भने राहुल ट्रेनिङ म्यानेजर हुन् ।

पक्राउ पर्ने नेपालीमा एचआर म्यानेजर ओखलढुंगाकी मोनी दाहाल, इन्चार्ज सिन्धुपाल्चोककी सुस्मिता नेपाली, म्यानेजर झापाका रोशन बस्नेत, आईटी सपोर्टर काठमाडौंका आदित्यकुमार सिंह र ओभरअल टिम लिडर काभ्रेका सलिन श्रेष्ठसहित छन् । बाँकी ४६ जनामाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार, भारतीय नागरिकले नेपालीसँगको मिलेमतोमा ललितपुरको सातदोबाटोमा एउटा फ्ल्याट नै भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । नेपाली युवायुवतीलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

सीआईबीले उनीहरूको साथबाट ९६ थान मोबाइल र ८५ थान ल्यापटप बरामद गरेको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्