काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवती पक्राउ परेका छन् । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धानका लागि उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।